अधिक गहन लिपिड उपचारले कोरोनरी प्लाक घटाउँछ: नेपाली हृदय रोगीका लागि नयाँ सन्देश
प्लाक घटेका बिरामीको प्रतिशत पनि अधिक गहन समूहमा स्पष्ट रूपमा बढी (९०–९८ प्रतिशत) देखियो।
स्ट्याटिन (कोलेस्ट्रोल कम गर्ने औषधि) नलिएका स्थिर कोरोनरी आर्टरी डिजिज (CAD) बिरामीहरूमा बोसोको मात्रा घटाउनु वा चिल्लो पदार्थ घटाउने प्रक्रियाको तुलनामा कोरोनरी प्लाकको मात्रा उल्लेखनीय रूपमा घटाउने नयाँ प्रमाण आएको छ। JAMA Cardiology मा प्रकाशित FLOWPROMOTE ट्रायलको विश्लेषणले देखाएको यो निष्कर्ष नेपालजस्तो देशका लागि विशेष रूपमा सान्दर्भिक छ, जहाँ हृदय रोग मृत्युको प्रमुख कारण बन्दै गएको छ र धेरै बिरामीहरूमा एलडीएल-कोलेस्ट्रोल (लो-डेन्सिटी लिपोप्रोटिन वा यो कलेजोबाट शरीरका अन्य भागहरूमा बोसो (फ्याट) ओसारपसार गर्ने एक प्रकारको प्रोटिन र बोसोको मिश्रण हो) नियन्त्रण अपर्याप्त रहन्छ।
ट्रायलमा नयाँ निदान गरिएका स्थिर CAD बिरामीहरूलाई १८ महिनासम्म दुई समूहमा विभाजन गरिएको थियो। एक समूहलाई एटोर्भास्ट्याटिन ४० मिलिग्राम(गहन) र अर्को समूहलाई रोसुभास्ट्याटिन ४० मिलिग्रामसँग इजेटीमाइब १० मिलिग्राम (अधिक गहन) दिइएको थियो। उपचारअघि र ९ तथा १८ महिनापछि कोरोनरी सीटीएङ्गियोग्राफीद्वारा सम्पूर्ण कोरोनरी धमनीको प्लाक (मुटुको धमनीहरूमा बोसो जमेर रगत प्रवाहमा अवरोध पुग्ने अवस्थालाई पनि 'आर्टेरियल प्लाक) मापन गरियो।
परिणाम स्पष्ट थियो। अधिक गहन समूहमा एलडीएल-सी औसत ६५ प्रतिशत घटेको थियो भने गहन समूहमा ३८ प्रतिशत मात्र। १८ महिनामा कुल प्लाक भोल्युम अधिक गहन समूहमा २१ प्रतिशत र नन-क्याल्सिफाइड (खतरायुक्त) प्लाक २८ प्रतिशत घटेको थियो। गहन समूहमा यो क्रमशः १४ प्रतिशत र २० प्रतिशत मात्र रह्यो। प्लाक घटेका बिरामीको प्रतिशत पनि अधिक गहन समूहमा स्पष्ट रूपमा बढी (९०–९८ प्रतिशत) देखियो।
नेपालको सन्दर्भमा यसको अर्थ
नेपालमा शहरीकरण, खानपानको परिवर्तन, मधुमेह र उच्च रक्तचापको बढ्दो प्रकोपसँगै कोरोनरी रोग तीव्र रूपमा बढिरहेको छ। धेरै बिरामीहरू निदान हुँदा नै प्लाक बनेर आइसकेका हुन्छन् र स्ट्याटिन सुरू गरे पनि लक्ष्य एलडीएल (प्रायः ५५–७० मिग्रा/डिएलभन्दा कम) हासिल गर्न सकिँदैन। यस अध्ययनले देखाएको छ कि केवल स्ट्याटिन मात्राले होइन, स्ट्याटिनसँग इजेटीमाइब जस्ता औषधि थपेर एलडीएल जति कम झार्न सकियो, प्लाक त्यति नै बढी फर्कन्छ। यसले “जितो कम एलडीएल, त्यति नै बढी फाइदा” भन्ने सिद्धान्तलाई बलियो बनाउँछ।
नेपालमा अझै पनि धेरै चिकित्सक र बिरामीहरू स्ट्याटिनको मध्यम मात्रामा मात्रै चित्त बुझाउने प्रवृत्ति छ। लागत, साइड इफेक्टको डर र नियमित अनुगमनको अभावले गहन वा संयोजन उपचार कम प्रयोग हुने गरेको छ। यो अध्ययनले देखाउँछ कि उपचार-नाइभ (पहिलो पटक औषधि सुरू गर्ने) बिरामीमा सुरूदेखि नै बढी प्रभावकारी रणनीति अपनाउँदा प्लाक रिग्रेसनको सम्भावना बढ्छ। यसले भविष्यमा नेपालका हृदय रोग व्यवस्थापन दिशानिर्देशहरूमा पनि प्रभाव पार्न सक्छ।
यद्यपि अध्ययनको सीमा पनि छ। यो तुलनात्मक रूपमा सानो ट्रायल हो र दीर्घकालीन क्लिनिकल परिणाम (हृदयघात, मृत्यु) मा सिधै प्रभाव देखाएको छैन। तर प्लाक रिग्रेसनलाई दीर्घकालीन जोखिम घटाउने महत्वपूर्ण संकेत मानिन्छ। नेपालजस्तो स्रोत सीमित देशमा सबै बिरामीमा बारम्बार कोरोनरी सीटीए गर्न सम्भव नहुन सक्छ, तर यसले चिकित्सकहरूलाई एलडीएल लक्ष्यलाई अझ कडाइका साथ पालना गर्न र आवश्यक भए संयोजन उपचार अपनाउन प्रोत्साहन दिन्छ।
समग्रमा, यो निष्कर्षले स्पष्ट सन्देश दिन्छ —कोरोनरी रोग भएका नेपाली बिरामीहरूमा एलडीएल-कोलेस्ट्रोल जति प्रभावकारी रूपमा घटाउन सकियो, धमनीभित्रको खतरायुक्त प्लाक त्यति नै घटाउन सकिन्छ। समयमै सही र पर्याप्त उपचार सुरू गर्नु नै भविष्यको हृदयघात रोक्ने बलियो उपाय हो।
स्रोत: FLOWPROMOTE Randomized Clinical Trial, JAMA Cardiology (DOI: 10.1001/jamacardio.2026.4788)
त्रुटि वा यहाँ हुनु नहुने केही देख्नुभयो? रिपोर्ट गर्नुहोस्
टिप्पणीहरू